काठमाडौं । गायिका अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवम् सङ्गीत, बाबुल गिरीको एरेञ्ज र बाबुलकै मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडिओ सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडिओमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडिओमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
विशाल कैनीको कोरिओग्राफी रहेको भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याटर्नको गीतको भिडिओ उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडिओ पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौँ,’ गायिका चौधरीले भनिन् ।
एनका थुप्रै गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीतजस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका चौधरीले बताइन् । थारू गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि गाएकी छन् ।
अनुले उनले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन् । उनले महजोडी, धिरेन शाक्यलगायतसँग अभिनय गरेकी छन् । कोरिओग्राफरमा पनि कुशल अनु हालै ‘आमा आज पनि रुन्छिन’ मा अनुबन्धित भएकी छन् ।
उनले हालै अवार्ड पनि पाएकी थिइन् । अनुले निर्देशन र कोरिओग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि नाम दर्ज गरेकी छन् । उनले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा विश्व कीर्तिमान कायम गरेकी छन् ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS