युरोपेली संघ (इयू) ले अफगानिस्तानलाई एक अर्ब युरो (१ खर्ब ३९ अर्ब ३० करोड ४८ लाख ७५ हजार रुपैयाँ) बराबरको सहयोगको घोषणा गरेको छ ।
यो रकम तालिबानको अन्तरिम सरकारलाई नभई संघले अफगानिस्तानमा काम गरिरहेका अन्तर्राष्ट्रिय सहायता एजेन्सी मार्फत अफगान जनता समक्ष पुर्याउने जनाएको छ ।
संघका प्रमुख उर्सुला वान डेर लेयनले भनेका छन्, ‘यो सहयोग मानवीय र सामाजिक आर्थिक प्रणाली ध्वस्त हुनबाट जोगाउनको लागि हो ।’
‘मानवअधिकारको सुरक्षासहित अफगानिस्तानलाई मद्दत गर्नको लागि हाम्रा सर्त स्पष्ट छन् । तर तालिबानको सजाय अफगानी जनतालाई दिनु हुँदैन । यो सहयोग अफगानी जनताको लागि हो,’ उनले भनेका छन् ।
वान डेर लेयनले इटालीमा भइरहेको जी–२० शिखर सम्मेलनको दौरान यो जानकारी दिएका हुन् ।
FACEBOOK COMMENTS