काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र गरिसक्ने घोषणा गरेको छ। संघीय संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्ष भित्रमा स्तरोन्नति गर्ने उल्लेख गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेका हुन्।
‘आगामी २ वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
FACEBOOK COMMENTS