काठमाडौँ, भदौ १४ । पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१६ हजार २३३ वटा नमूना (पीसीआर ११,८९२ र एन्टीजेन ४,३४१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ०८ जना निको भएका छन् ।गत २४ घण्टामा ५ लाख ९७ हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
हालसम्म मुलुकमा ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७३० जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म आईसीयूमा ५६८ जना, भेन्टिलेटरमा १६० जना, होम आइसोलेशनमा ३३,३३३ जना, संस्थागत आइसोलेशनमा २,५४१ र क्वारेन्टाइनमा ३३८ जना रहेको तथ्यांकमा उल्लेख छ ।
FACEBOOK COMMENTS