काठमाडौँ ।छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमित हुनेको संख्या ३ करोड १३ लाख ७१ हजार ९०१ पुगेको छ ।भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५३५ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख २० हजार ५५१ पुगेको छ ।
यही अवधिमा ३९ हजार ९७२ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले ४ लाख ८ हजार २१२ सक्रिय संक्रमित रहेका छन् ।भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।
भारतमा अहिलेसम्म भाइरसविरुद्ध ४५ करोड ३७ लाखभन्दा धेरै डोज खोप दिइसकिएको छ ।
FACEBOOK COMMENTS