काठमाडौं, २ भदौ । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट थप ६१ जना नेपाल नागरिक आज बुधबार बिहान काठमाडौं आइपुगेको छ ।
एयरवेजको जहाजबाट ती नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ती ६१ जना नेपाल बल्ल काठमाडौं आइपुगेका हुन् ।
उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।
मंगलबार बिहान १२७ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।
यो पनि पढ्नुहोस्–
सरकारले उद्धारको पहल नगर्दै अफगानिस्तानबाट १२७ जना नेपाली कसरी आइपुगे काठमाडौं ?
FACEBOOK COMMENTS