काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडबाडको समयमा व्यापारीमार्फत उपभोक्ता ठगिने क्रम रोक्ने लक्ष्यसहित विभागले दसैँ र तिहार लक्षित अनुगमनलाई तीव्र बनाएको हो ।
विभागले दसैँ, तिहार र छठ लक्षित गर्दै असोज १ गतेदेखि अनुगमन सुरु गरेको थियो । त्यसयता १६ दिनमा कूल १२४ वटा कम्पनी कारबाहीमा परेका छन् । यस अवधिमा विभागले ४९७ कम्पनीमा अनुगमन गरेको छ । जसमध्ये १२४ वटा कम्पनी आर्थिक कारबाहीमा परेका हुन् ।
चाडबाड लक्षित अनुगमनका लागि विभागको नेतृत्वमा १० वटा टोली फिल्डमा खटेको विभागले जनाएको छ ।
FACEBOOK COMMENTS