![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । बाक्लो तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्ण रूपमा प्रभावित हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित हुन पुगेको हो ।
काठमाडौँको मौसम उडानयोग्य भए पनि अवतरण गर्ने पोखरा, भरतपुर र तुम्लिङटारको भिजिबिलिटी कम भएकाले उडान गर्न नसकिएको टीआएको एटीसी टावरले जानकारी दिएको छ । योसँगै उताबाट काठमाडौँ लगायत अन्य गन्तव्यहरूमा हुने उडानहरू समेत बिहान देखिनै प्रभावित हुन पुगेको टीआईका सूचना अधिकारी टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए ।
टीआईएको सेडुलअनुसार आज आन्तरिक उडानतर्फ ११५ उडान रहेका छन् । तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको टीआईएले रातोपाटीलाई जानकारी दिएको छ । खराब मौसमकै कारण प्रभावित भएको सिमराको उडान भर्खर मात्र खुलेको सिटौलाले जानकारी दिए । अन्य गन्तव्यहरूमा पनि बिस्तारै उडान हुन थालेको उनले जानकारी दिए ।
गत शुक्रवारदेखि राजधानीसँगै अन्य सहरहरुमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको छ । योसँगै गत शुक्रवार र शनिवार पोखराका लागि सबै उडानहरू प्रभावित हुन पुगेको टीआईएले जानकारी दिएको छ । हवाई उडानका लागि कम्तिमा १२ सयदेखि १६ सयको भिजिबिलिटी चाहिन्छ ।
FACEBOOK COMMENTS