पोखरा । लामो वा छोटो समय बस्नका लागि पोखरामा आउने पर्यटकलाई लक्षित गर्दै लक्जरी अपार्टमेन्ट सञ्चालनमा आएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले पोखराको लेक साइडस्थित बाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् ।
घरमा चाहिने सम्पूर्ण सुविधा अपार्टमेन्टमा उपलब्ध रहनुका साथै किचन, ग्याँस, भाँडाकुडा तथा आवश्यक पर्ने सबै सेवा सुविधा रहेको श्रेष्ठ बताएका छन्र । परिवारसहित आउने पर्यटकका लागि निकै उपयोगी रहेकाे अपार्टमेन्टमा एक रातको नेपालीका लागि ३ हजारदेखि १२ हजारसम्म र विदेशीलाई ४० डलरदेखि १२० डलरसम्म शुल्क लिने श्रेष्ठले बताए ।
करिब १० आना क्षेत्रफलमा निमार्ण भएको अपार्टमेन्टमा स्टुडियो अपार्टमेन्ट ६ वटा, दुई बेडरुमको ४ वटा, थ्री बेर्डरुमको १ र ६ वटा सेरिङ किचन रुम रहेकाे छ ।
FACEBOOK COMMENTS