काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल, नेपालले २ वटा बस सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भू, कङ्ककी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल हुनेछ भने अर्को बस स्वयम्भू, कङ्ककी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।
सवारीसाधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्यसम्म पुर्याउनका लागि सशस्त्र प्रहरी बल, नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
FACEBOOK COMMENTS