काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सर्वसाधारण यात्रुको सहजताका लागि आज मंगलबार पनि दुईवटा यात्रुवाहक बस सञ्चालन गरेको छ ।
सरकार र यातायात व्यवसायीबीच सहमति भएर पनि सवारी सञ्चालन नगरिएपछि अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि बस सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।
FACEBOOK COMMENTS