काठमाडौँ । एपीएफले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
शनिबार जनकपुरमा सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १०८ रनको लक्ष्य पछाएको एपीएफले १२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो ।
एपीएफको जितमा आसिफ सेखले अविजित ६५ र दिपक बोहराले अविजित ४२ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको कर्णालीले ३६ ओभरमा अल आउट हुदै १०७ रन बनाएको थियो ।
कर्णालीका लागि अर्जुन घर्तिले ३८, दिपेन्द्र रावतले २५ र रविन्द्र शाहीले १८ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अभिषेक गौतमले ४–४ विकेट लिएका थिए ।

यो जितपछि एपीएफको ६ खेलमा ५ अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै कर्णालीको भने ६ खेलमा ३ अंक मात्र रहेको छ र हाल आठौं स्थानमा छ ।
