काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रवर्द्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ को बिक्री खुला भएको छ ।
‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालन हुने एक अर्ब रुपैयाँको पहिलो बन्दमुखी योजनाको आज बुधबारदेखि बिक्री खुला भएको हो ।
यसमध्ये आठ करोड ५० लाख इकाइ अर्थात् ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आईपीओ) मार्फत बिक्री खुल्ला गरिएको छ ।
यो योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रवर्द्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औसत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
योजनामा वैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त मितिमा सबै शेयर बिक्री नभए वैशाख १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
इच्छुक व्यक्ति तथा संस्थाहरूले यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीका लागि सी–आस्वा खाता रहेको बैंक अथवा मेरोशेयरमा मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS