काठमाडौं महानगरपालिका का मेयर बालेन्द्र शाह (बालेन) ले पछिल्लो समय नक्सा पास भएको संरचनामा पनि डोजर चलाउ थालेका छन् । नक्सा पास नभएका तथा अवैध संरचना भत्काउने अभियान थालेका मेयर बालेनले पछिल्लो समय नक्सा पास भएका घरहरुमा डोजर चलाउन थालेका छन् ।
उनले केहि वैध घरहरुमा डोजर चलाईसकेका छन् भने केहिलाई धम्कि दिएका छन् । यसको पछिल्लो उदाहारण हो टुकुचा परिसर (हात्तिसार) क्षेत्रमा चलाइएको डोजर । मेयरले प्रयाप्त जानकारी बिना हात्तिसार क्षेत्रमा डोजर चलाएर आफ्नो अराजकता प्रकट गरे । सो क्षेत्रको टुकुचा खोला आजभन्दा १३० वर्ष अघि नै छोपिएको दस्तावेजमा उल्लेख छ । तर बालेनले सोहि क्षेत्रमा डोजर लिएर संरचना भत्काउदै हिडे ।
मेयरको अल्पज्ञानका कारण भनौ अथवा सुचनाको राम्रो स्रोत नपाएका कारण भनौ उनले १३० वर्ष अघि नै छोपिएको ठाउमा डोजर चलाई रहे । यतिसम्म कि उच्च अदालत पाटनले उक्त क्षेत्रमा डोजर नचलाउन आदेश समेत दियो । तर, बालेनको हटले उच्च अदालत समेत चिनेन् । उनले अटेर गर्दै डोजर चलाई रहे ।
हात्तिसार क्षेत्रका मानिसले अदालतमा बालेन आतंक रोक्न भन्दै निवेदन दिन थाले । पछिल्लो दिनहरुमा यसरी निवेदन दिनेको संख्या बढ्दै छ । उनीहरुले नक्सा पास भएको आफ्नो घर भत्काउनबाट जोगाउन निवेदन दिएका हुन् । सोहि अनुसार अदलतले पनि सो उक्त अवैध कार्य रोकन महानगरलाई पत्रसमेत पठाइसकेको छ ।
महानगरका प्रवक्ता नबिन मानन्धरले अब भने सो क्षेत्रका संरचनामा डोजर नचलाउने जानकारि दिएका छन् । उनले टुकुचा खोलाको धार खोज्ने कामलाई भने निरन्तरता दिने जानकारी दिएका छन् ।
महानगरले यसअघि सोह्रखुट्टेमा रहेको एक वृद्ध महिलाको घरमा पनि डोजर चलाएको थियो । सो घरको नक्सा पास भएको जानकारि महानगरलाई हुँदा हुँदै पनि डोजर लगाएर घरमा क्षति पुर्याएको पिडित वृद्ध पदमा देवि श्रष्ठले कर्पोरेट खबरसँग बताएकी थिइन् ।
उक्त घटनाबारे हाम्रो समचार कक्षले महानगरका मेयर बालेन शाहलाई सम्पर्क गर्न खोज्दा उनले फोन रिसिभ गरेका थिएनन् । हामिले बारम्बार उनलाई सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
FACEBOOK COMMENTS