चितवन । नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी अर्चना गहतराजले फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन् ।
गहतराज नेकपामा विवाद हुँदा माधवको पक्षमा थिइन् । सुदूरपश्चिम प्रदेश सभासदस्य रहेकी गजतराज पूर्वअर्थ राज्यमन्त्री हुन् । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादी तर्फ सनाखत नगरेपछि उनले पदबाट राजीनामा दिएकी थिइन् ।
् उनी प्रदेश कमिटी सदस्यपनि हुन् । धेरै सिनियर नेताहरु भएको त्यसैले आफु बाधक नबनेर उम्मेदवारी फिर्ता लिएको उनको दावि छ । पार्टी नै ठूलो कुरा हो र हिजो मन्त्री छोडे आज केन्द्रिय सदस्य त्यसमाा कुनै ठुलो कुरा नभएको जिकिर गरिन् ।
FACEBOOK COMMENTS