सिरहा । प्रेममा धोका दिएको आरोपमा सिरहाबाट एक जना प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुद्दा शाखाका प्रहरी जवान नवीन यादव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको हो ।
विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक करणी गरेको तथा विवाह गर्न नमानेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
पटक–पटक करणी गरे पनि विवाह गर्न इन्कार गरेपछि पीडित महिलाले यादवविरुद्ध जबरजस्ती करणीको आरोप लगानी उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
हाल यादवमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
FACEBOOK COMMENTS