काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा जिरी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने ४१ वर्षीय शिवबहादुर खड्कालाई हिजो बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा २ दिन कैद र ९ लाख ९० हजार रूपैयाँ जरिवाना तथा क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३९ हजार ६ सय रूपैयाँ जम्मा गराउने फैसला ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ ।
FACEBOOK COMMENTS