काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका–१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका २३ वर्षीय नवीन कुमार मगर छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले नविन कुमारलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट एक जना बालिकाको प्रहरीले उद्दार समेत गरेको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS