काठमाडौं। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो।
निर्धारित समयसम्म खेल १–१ को बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलियो। जहाँ अर्जेन्टिनाले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्यो।