काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले आफू जोडिएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा सार्वजनिक भएको अडियो छानबिनको माग गर्दै प्रहरीको साइबर व्यूरोमा उजुरी हालेकी छिन् । प्रतिनिधि सभा सांसद रहेकी आरजुले आज दिएको उजुरीमा उक्त अडियोमा आफ्नो नाम जोडेर कुराकानी गरिएकाले सत्यतथ्य छानबिन गर्न माग गरेकी छिन् ।
व्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले उजुरी परेको पुष्टी गर्दै साइबर अपराधका विषयमा आफूहरुले अनुसन्धान गर्ने बताए ।
राणाले दिएको उजुरीमा अडियो कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरिएको हो उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधिको प्रयोग गरी सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न र दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ । उनले अडियो रेकर्डसमेत साथै पेश गरेकी छिन् ।
उक्त अडियोमा आरजुलाई ६ करोड दिएको र पक्राउ परेका तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुलाई साँढे २ कोड दिएको कुराकानी सन्न सकिन्छ ।
FACEBOOK COMMENTS