काठमाडौं । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ मा आरजु राणा देउवालाई टिटक नदिएर नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।
पार्टी सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार बनाएका हुन् । शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी पार्टीको कैलालीका पूर्वसभापति पनि हुन् ।
पार्टीले शाहसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओडको नाम सिफारिस गरेको थियो ।
FACEBOOK COMMENTS