काठमार्डौं । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकही परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस। जयशङ्करबीच आज दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
उनीहरुबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । मन्त्री डा राणालाई भारतीय विदेशमन्त्री एस जयशङ्करले स्वागत गरे ।
भारतीय विदेशमन्त्री एस। जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी छिन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।
FACEBOOK COMMENTS