बर्दिया । नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभाको निर्वाचनका लागि बर्दिया–२ बाट आरजुको नाम सिफारिस गरिएको हो । यस्तै बर्दियाको क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिकतर्फ निवर्तमान पार्टी उपसभापति मिश्रीलाल यादवको नाम सिफारिस गरिएको छ । यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस बर्दियाका पार्टी सभापति अरुण प्रकाश सिंह राठौरको सिफारिस गरिएको छ । यसअघि आरजुको नाम कैलाली– ५ बाट पनि सिफारिस गरिएको छ ।
FACEBOOK COMMENTS