काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुने भन्दै विगतका उत्कृष्ट मानकलाई संसदमा अनुकरण गर्नुपर्ने बताए ।
सभामुखको भूमिका संसदको गरिमा बढाउनमा महत्वपूर्ण भएको उदाहरण दिदै नेता केसीले स्थापित नजिर र मान्यताका दस्ताबेजका आधारमा सभामुखले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।
उनले लोकतन्त्र वाद प्रतिवाद र संवादको प्रक्रिया भएको बताउदै सभामुखले कटुता भित्रबाट सुन्दर सारंश निकाल्न भूमिका खेल्नुपर्ने बताए ।
उनले संसदमा आकस्मिक समयका लागि सांसदहरुले पूर्व जानकारी दिनुपर्ने नियम हटाउनुपर्ने सुझाव दिए ।
