काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताको चयन आफ्नो कारणले ढिला नभएको स्पष्ट गरेका छन् ।
नेता केसीले स्पष्ट मापदण्ड बनाएर नेता चयन हुनुपर्ने बताउदै युवालाई नेता बनाएपनि आफुलाई अपात्ति नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल र मिडियामा आफ्ना कारण नेता चयनमा ढिलाई भएको लेखिएको बताउदै त्यसको खण्डन गरेका छन् ।
उनले सर्बसम्मतिमा बरिष्ठलाई बनाए पनि युवालाई बनाए पनि आफ्नो समर्थन रहने बताउदै प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित नहुने धारणा राखेका छन् ।
उनले भनेका छन्- ‘मेरो कारण ले ढिलाइ भयो भन्ने वा नाता र नेताका भास्य पनि बाहिर छ्याप्छ्यप्ती आएका छन । यो असत्य र भ्रामक हो । मैले पार्टी भित्र र सार्बजनिक रूपमा नै भनिनै सकेको छु, सहमतिको मापदण्ड बनाउ र सकेसम्म सर्बसम्मती गरौ ! मेरो पुर्ण समर्थन हुनेछ । सबैभन्दा युबालाई गरौ वा सबै भन्दा बरिष्ठलाई,
उनले संसदीय दलको नेता केवल पद मात्र नभएको बताउदै प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी भएको र ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक रहेकोमा जोड दिएका छन् ।

नेता केसीले सहमती हुन नसके तत्काल निर्वाचन मार्फत निर्णयमा पुग्न र अब ढिलाइ नगर्न समेत आग्रह गरेका छन् । काँग्रेसले सहमति नभएमा बैशाख ४ गते निर्वाचन गरेर भएपनि संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ ।
