काठमाडौं । केही दिन अघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् ।
चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो ।
साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् । सार्वजनिक गरिएको थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएको देख्न सकिन्छ । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ, र उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ । यद्यपि, पोस्टरले पूर्ण कथावस्तु प्रस्ट पार्दैन ।
निर्देशक चौहानले चलचित्रको कथावस्तु र अन्य कलाकारहरूको विवरण हाललाई गोप्य राखेका छन् । उनले चाँडै कलाकारको पूरै लाइनअप सार्वजनिक गरिने बताएका छन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्माणपक्षको जानकारी दिएकोछ ।
FACEBOOK COMMENTS