काठमाडौं । रोजगारीका लागि कोरिया ठाइदिन्छु भन्दै ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कोरिया पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा गोरखा, गोरखा नगरपालिका–१४ घर भई काठमाडौं सामाखुशी बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS