काठमाडौं । हुन्डी कारोबारमा संलग्न रहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट २१ लाख बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारीका २९ वर्षीय रञ्जित सर्राफ, ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रविशङ्कर सिंह रहेका छन् । यस्तै नेपालीमा बाराको कलैया उपमहानगरपालिका–७ का ३१ वर्षीय कलामुद्दिन अंसारी र कलैया–४ का ३९ वर्षीय मेराजुलहक अंसारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले कलैया–६ अस्पताल रोडबाट रञ्जित सर्राफलाई पाँच लाखसहित पक्राउ गरेको थियो । सर्राफले दिएको बयानमा आधारमा अन्य चारजनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए । यस्तै पक्राउ परेका भारतीय नागरिकबाट १६ लाख नौ हजार बरामद गरिएको थियो ।
FACEBOOK COMMENTS