![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी फरार थिए । महानगरीय प्रहरी परिसरका अनुसार झालाई नेपाल भारतको सीमा क्षेत्रबाट शुक्रबार राति गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा उपचारको लागि लगिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ पनि परेका थिए । यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनस् अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका-९६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए ।
FACEBOOK COMMENTS