काठमाडौ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, “इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।”
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
FACEBOOK COMMENTS