काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको आन्दोलनमा आगजनी, तोडफोड, लुटपाट गर्ने थप १८ जना पक्राउ परेका छन् ।
प्रहरी परिसर काठमाडौंले १८ जनालाई पक्राउ गरेको जनाएको छ ।
आम सर्वसाधारणको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीलाई ढुङगा, लाठी,फलामका रड, घरेलु हतियारले प्रहार गरेका थिए । पक्राउ परेका १८ जनालाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको समय लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS