काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोड गर्ने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको विभिन्न स्थानहरुबाट २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनलाई काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भोजपुर जिल्ला अरुण गाउँपालिका ५ का ४५ बर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका ४ का ३० बर्षीय जित बहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS