काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ भारतबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरीको विशेष ब्यूरोले भारतको आसामबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
चैत १५ गते तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई नेपाल छोडेर भागेका थिए । उनले हिजो मात्रै भिडियो सार्वजनिक गरेर नेपालमा नै रहेको जनाएका थिए । आज भने भारतको आसामबाट पक्राउ परेका छन् ।
उनी आसाममा पक्राउ परेको भएपनि प्रसाईले आफु आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको जनाएका छन् ।
‘अहिले २ घण्टा अगाडी हाम्रा अभियान का सयोजक श्री दुर्गा प्रसाईंले ज्यु ले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,हिजो मात्र हामि ले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षा को ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौ,भनेका थियौ र आज उपस्थित भयौ’ उनको फेसबुकमा लेखिएको छ ।
FACEBOOK COMMENTS