काठमाडौं । सात तोला सुनसहित एक जनालाई प्रहरीले पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याल छन् । उनलाई बुधबार साँझ गल्याङ नगरपालिका–१ राम्दीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट सुन जस्तो देखिने ७ तोला ९६९ लाल धातु बरामद गरिएको छ ।
अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभी भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS