काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँ भन्दा बढि रकमसहित ४ जना पक्राउ परेका छन् ।
आज काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा उक्त रकमसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४ जना व्यक्तिहरूको साथमा रहेको झोला खानतलासी गर्दा स्रोत खुल्न नसकेको ९५ लाख १७ हजार ५०० रुपैयाँ फेला परेको छ ।
पक्राउ पर्नेमा काठमाडौं जिल्ला तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरी जिल्ला सप्तकोशी नगरपालिका १ घर भएका गणेश राई, लमजुङ जिल्ला दोदी गाउँपालिका ३ का सन्तोष गुरुङ र सोही स्थानका सन्तोष घिमिरे रहेका छन् ।
FACEBOOK COMMENTS