काठमाडौं । चैत्र १५ गते काठमाडौंस्थित तीनकुने घटनामा राजावादीले आयोजना गरेको विरोध प्रदर्शनका दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर मनमैजु बस्ने मन बहादुर कालामगर छन् ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाएका थिए ।
FACEBOOK COMMENTS