गृह मन्त्रालयका सहसचिव पक्राउ

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई केहीबेरअघि नियन्त्रणमा लिएको हो । उनी हिजो बेलुकी मात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयमा प्रमुख अध्यागमन अधिकृत थिए ।