काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट सुनसहित एक जना पक्राउ परेका छन् ।
आज शुक्रबार बिहान १० बजे नागढुङ्गास्थित चेक प्वाइन्टबाट साढे ४५ लाख रुपैयाँ बढीको सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको वेस्ट बङ्गाल घर बताउने अन्दाजी ३१ वर्षीय महादेव सामन्तल छन् ।
उनी काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख ३१३९ नम्बरको यात्रुवाहक बसमा सवार थिए ।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेक प्वाइन्टमा बस चेकजाँच गर्दा उनीसँग सुन भेटिएको हो ।
प्रहरीका अनुसार उनीबाट २७४.८३ ग्राम सुन बरामद भएको छ । हालको बजार भाउअनुसार उक्त परिमाणको सुनको मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ ।
पक्राउ परेका उनलाई बरामद सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS