काठमाडौं । काठमाडौंको न्युरोडबाट २ करोड भन्दा बढी मूल्य सुन, चाँदी र हिरा गहनासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रुपमा कारोबार गरेको सूचनाको आधारमा गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुर्यजित दास, समिम सेख, हविवुल सेख र तमल सान्द्रा छन् । उनीहरु भारतीय नागरिक हुन् ।
उनीहरु हिरा, सुन र चाँदीको अवैध कारोबारमा संलग्न रहेको पाइएको छ ।
FACEBOOK COMMENTS