काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरेर नेपाल ल्याइएको छ । सहकारीको रकम अपचलनमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौं ल्याइएको हो ।
सहकारीको रकम अपचलनमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए । प्रहरीले उनलाई ‘रेडकर्नर नोटिस’ जारी गरेर कम्बोडियामा पक्राउ गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलनसम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
भण्डारीले मितेरी सहकारीको ३ करोड ४४ लाख रुपैयाँ र ज्योति गुरुङले ६ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।
FACEBOOK COMMENTS