काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
राम्राे तलबमा ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सुदिप सापकोटा पक्राउ परेका हुन्।
धादिङ नेत्रावती गाउँपालिका–५ घर भई हाल भक्तपुर, मध्यपुर थिमी नगरपालिका–९ बसोबास गर्दै आएका २९ वर्षीय सापकोटाले एक व्यक्तिलाई ग्रीस पठाइदिन्छु भन्दै २ लाख ४० हजार रुपैयाँ लिएका थिए। तर रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए।
पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५ बाट शनिबार पक्राउ गरेको हो।
पक्राउ परेका सापकोटामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS