काठमाडौं । प्रहरीले टिकटकबाट अफवाह फैलाउने सजन श्रेष्ठ र अफताव अन्सारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार असोज ३० गते श्रेष्ठले बागमती प्रदेश ०२ –०५१ प ६३ ५४ नम्बरको एन एस मोटरसाइकलमा क्रस फायर मोटरसाइकलको हेण्डिल लगाई लापरवाही तरिकाले चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मोटरसाइकलको हेण्डिल परिवर्तन गर्ने क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा मोटरसाइकल चालक श्रेष्ठले भारतको सीतामडी घर भई हाल काठमाडौंको सिनामङ्गल बस्ने १९ वर्षीय अफताव अन्सारीसमेतलाई प्रयोग गरी सामाजिक सन्जाल टिकटकमा नकरात्मक असर पर्ने किसिमका श्रव्यदृश्य पोष्ट गरेको आरोप छ ।
उनीहरूको साथबाट मोबाइल र गोप्रो क्यामरा एक–एक थान बरामद गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS