काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने चितवन कालिका नगरपालिका(८ घर भएका २५ वर्षीया सुजु प्रजा र काठमाडौं नागार्जुन नगरपालिका४ बस्ने ४२ वर्षीया रोजी गुरूङ रहेका छन् ।
पक्राउ मध्ये सुजुले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६४ हजार रूपैयाँ र रोजीले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजुलाई काठमाडौं महानगरपालिका(२८ बाट र रोजीलाई काठमाडौं महानगरपालिका(१५ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।
FACEBOOK COMMENTS