काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट साढे २ किलो चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसबाट प्रहरीले उक्त परिमाणमा चाँदीसहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१६ का २५ वर्षीय किसन साह रहेका छन् ।
साहलाई मप्र ०१–००१ ख ७७२१ नम्बरको यात्रुवाहक बसबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
FACEBOOK COMMENTS