काठमाडौं । अवैध हुण्डी तथा क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँकेका नरेश रेउले, सर्लाहीकी दिप्ती पोखरेल र भारतीय नागरिक प्रवेश अली छन् ।
गोप्य सूचनाको आधारमा खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट नरेश रेउलेलाई नियन्त्रणमा लिएपछि सोधपुछका क्रममा दिप्ती पोखरेल र भारतीय नागरिक प्रवेश अली पनि पक्राउ परेका हुन् ।
प्रहरीले दिप्ती पोखरेललाई सामाखुसीबाट १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो भने प्रवेश अलीलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार प्रवेश अलीले बाइनान्स एकाउन्ट प्रयोग गरी हालसम्म ९१ लाख ८१ हजार ५१३.९६ यूएसडीटी अर्थात् करिब एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूबाट चार थान मोबाइल र नगद बरामद गरिएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

FACEBOOK COMMENTS