काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको गरुडा नगरपालिका–१, श्रीपुर घर भई हाल काठमाडौँको टोखा नगरपालिका–५, सिद्धि टोल बस्ने २१ वर्षीय श्याम किशोर चौधरी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, उनलाई आज मंगलबार दिउँसो टोखाबाट पक्राउ गरिएको हो । चौधरीविरुद्ध परेको बैंकिङ कसुर मुद्दामा ललितपुर जिल्ला अदालतले २०८० पुस ९ गते अन्तिम फैसला सुनाएको थियो ।
उक्त फैसलाले उनलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो, १७ लाख ८५ हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय तोकेको थियो ।
FACEBOOK COMMENTS