काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई ठमेल, दरबारमार्ग र सामाखुसीबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सञ्जिव लामा, अशोक गिरी, सुरेश गुरुङ ‘किमजोङ’ लगायत छन् । यस्तै ४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
परिसरबाट पक्राउ पर्नेमा प्रवीण तामाङ, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ छन् ।