काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न १८ जनालाई गएराति पक्राउ गरेको छ ।
प्रहरीले सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नुवाकोट जिल्ला ककनी गाउँपालिका–५ टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक पटक पक्राउ परेका थिए ।
यसअघि शुक्रबार राति प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।