काठमाडौं । भक्तपुर मालपोतका कार्यालय प्रमुख कुमार आचार्य २४ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चागुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउन लिएको २४ लाख ५० हजारसहित मंगलबार मालपोत कार्यालय भक्तपुरको परिसरबाट आचार्य, नायब सुब्बा दीपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टीकाराम राउत पक्राउ परेका छन् ।
कार्यालय प्रमुख आचार्यको साथबाट मोबाइल डिभाइस दुई थान, र नायब सुब्बा अधिकारीको साथबाट मोबाइल एक थान तथा कार्यालय सहयोगी राउतको साथबाट एक थान मोबाइलसहित घुस रकम बरामद गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
FACEBOOK COMMENTS