सुनसरी । धरान उपमहानगरपालिका–५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय भरत बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–१५ स्थित वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले भरतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS